GAZAL



बिकृति, बिसंगतिका समाचारले घोर कलियुगको भान गराउँछ यहाँ ।

कस्तो बिडम्बना बाजे, बाउ र दाइभाइ संग छोरीचेली डराउँछ यहाँ ।।


समय ठिक आएन हजुर, मान्छे जति शिक्षित र सर्बश्रेष्ठ भएपनि,

आफ्नै घर, आगन, टोल र विद्यालय बाट नै छोरीचेली हराउँछ यहाँ ।।


खै यो के हो ? समयको दोष होकि यो परदेशीको दुर्भाग्य हो हजुर 

छोडेर गएको आफ्नै प्यारीलाई छिमेकी दाजुभाइले मन पराउँछ यहाँ ।। 

                                                 ✍ केशब बोगटी

                                                    अदानचुली २, हुम्ला






1 Comments

  1. Coin Casino - Reviews and Ratings for 2021 - Casinowow
    Join the growing crypto casino community 코인카지노 코드 and discover the world of Coin Casino. Play your favorite crypto games, jackpot slots, and more.

    ReplyDelete

Featured post