✍✍✍गजल✍✍✍



 









आमाको न्यानो काखबाट जीन्दगीको सुरूवात हुन्छ
जो यसभन्दा भिन्न छु भन्छ त्यो केबल अपवाद हुन्छ ।

हर सफलतालाई नियालेर हेर्नुस आफ्नो बिगतलाई
निस्वार्थी त त्यो सबैभन्दा ठूलो आमाको हात हुन्छ।

अरूले त खै के के बुझेका छौ कुन्नि आमाको माया ?
मैले त बुझेको आमाको माया सन्तान प्रति अघात हुन्छ ।

आमाको माया पाएका, बुझेका सन्तानहरूलाई
आमा बीनाको जीन्दगी त सधैं औँसीको रात हुन्छ।

जसले जन्म दिने आमाबुबालाई बुझ्दैन जीवनमा
लेखेर राख्नुहोस् उ एकदिन आफ्सेआफ् बर्बात हुन्छ।
      
               -केशब बोगटी
          अदानचुली 2, लाम्पाटा हुम्ला
          हाल बुढानिलकण्ठ काठमाण्डौं

0 Comments

Featured post